प्रधानमन्त्री दाहाल खप्तड पुगेर बाबा रामदेवसमक्ष विकासका लागि सहयोग मागे
खप्तडमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड क्षेत्रको प्रवर्द्धनका विशेष संयन्त्र बनाइने बताउनुभएको छ । खप्तडमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले बझाङ, बाजुरा, अछाम र डोटीको संगमस्थल खप्तडलाई खप्तड विकास प्रतिष्ठान वा खप्तड विकास कोषको रूपमा विकास गरिने बताउनुभएको हो ।
प्रकृतिले दिएको स्वर्गलाई सदुपयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले विशिष्ट अतिथिका रुपमा उपस्थित रहेका भारतका प्रशिद्ध योगगुरु बाबा रामदेवसमक्ष खप्तडको विकासका लागि आवश्यक सहयोगको अपिलसमेत गर्नुभयो । पूर्वप्रधानमन्त्री झलनाथ खनालले गरुडपुराणमा वर्णन भएको स्वर्गभन्दा पनि खप्तडको सुन्दरता धेरै रहेको बताउनुभयो । कार्यक्रममा सुदूरपश्चिमका कला र संस्कृतिहरुसमेत प्रस्तुत गरिएको थियो ।