Breaking News :

एसईई परीक्षाको नतिजा सार्वजनिक नभएसम्म भर्ना गराउनेलाई कडा कारबाही

एसईई परीक्षाको नतिजा सार्वजनिक नभएसम्म भर्ना गराउनेलाई  कडा कारबाही

कक्षा ११ को भर्ना प्रक्रिया नथाल्न महानगरको निर्देशन

काठमाडौं, जेठ २५ । काठमाडौं महानगरपालिकाले एसईई परीक्षाको नतिजा सार्वजनिक नभएसम्म कक्षा ११ को भर्ना प्रक्रिया नथाल्न शैक्षिक संस्थालाई निर्देशन दिएको छ ।

निजी क्षेत्रका शैक्षिक संस्थाहरुले विद्यार्थी तान्न नतिजा नआउँदै भर्ना गराउने तथा रकम उठाएर सिट बुक गर्न लगाउने गर्दै आएका छन् ।

भर्नाका लागि सूचना प्रकाशन गरेको भन्ने उजुरी आएको भन्दै महानगरले महानगरभित्रका सबै शैक्षिक संस्थालाई परिपत्र गरेको हो । महानगरपालिकाले त्यस्तो गरेको थाहा पाए कडा कारबाहीको चेतावनी पनि दिएको छ ।

 

Rameshwor Sharma

Rameshwor Sharma

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड