हाम्रो सूर्यविनायक राम्रो सूर्यविनायक' अभियान
हरेक हप्ता नगरभित्रका कुनै न कुनै स्थानमा सरसफाई अभियान
हाम्रो सूर्यविनायक राम्रो सूर्यविनायक' अभियानका युवाहरुको समूह 'परिष्कृत नेपाल' जसले हरेक हप्ता नगरभित्रका कुनै न कुनै स्थानमा सरसफाई अभियान चलाउँदै आएको छ, यहि समूहले आफ्नो अभियान थालेको ५२ औं हप्ता अर्थात् एक वर्ष पुगेको अवसरमा आज सूर्यविनायक मन्दिर परिसर सरसफाई गर्नुका साथै रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ ।
सो कार्यक्रममा भक्तपुर क्षेत्र नं २ का माननीयहरु दुर्लभ थापा, सन्तोष परियार, किरण थापा लगायत सूर्यविनायक नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवीलगायत युवा व्यक्तित्वहरु सहभागी थिए । रक्तदान कार्यक्रममा ४१ जना सहभागीले रक्तदान गरेको परिष्कृत नेपालका अध्यक्ष विशु थापाले जानकारी दिएका छन् ।
हाललाई सरसफाईमा मात्र केन्द्रीत रहेको यो समूहले अब विस्तारै शिक्षा, स्वास्थ्य लगायतका विविध सामाजिक कार्यमा पनि काम गर्दै जाने अध्यक्ष थापाले जानकारी दिए।