पर्यटक तान्दै लालीगुराँस रमाउँदै फोटो खिच्न व्यस्त देखिन्छन्
लालीगुराँस रमाउँदै फोटो खिच्न व्यस्त देखिन्छन्
लालीगुराँस देख्नमा जति सुन्दर हुन्छ, त्यति नै स्वास्थ्यका लागि पनि फाइदाजनक छ । पहाडी भु–भागमा लटरम्म हुने लालीगुरासँले सुन्दरता मात्र नबढाएर पर्यटकलाई समेत आकर्षण गर्दछ । गर्मीमा लू, रुघाखोकी, ज्वरोजस्ता अनेकौं रोग भगाउन यसले महत्वपूर्ण काम गर्दछ । गुराँसको फुलबाट तयार पारिएको जुस तथा अन्य उत्पादन सेवन गर्नाले हृदय स्वस्थ हुनुका साथै शरीरमा रगतको मात्रा बढाउन समेत राम्रो भूमिका खेल्दछ