बिदेसी जिबन : के सोचे जस्तो सजिलो छ त ?
बिदेसी जिबन : के सोचे जस्तो सजिलो छ त ?
जिबन मा आउने विभिन्न आरोह - अबरोह का कारण हामी नेपाली बिदेसी भुमि मा लाखौ को संख्या मा बस्दै आएका छौ। यसो सर सरि हेर्दा बिदेसी भुमि मा नेपाली हरु ले सोसियल मीडिया मा हाल्ने तस्बिर हरु ले नेपाल मा बस्ने हरु ले सजिलै अड्कल गर्छौ कि बिदेशी जिबन सुखमय छ।
के बिदेसी जिबन सोचे जस्तो सजिलो छ त ?
पक्कै पनि छैन।
ठुलो संख्या मा नेपाली हरु कामदार को रुप मा खाडी मुलुक तिर गएका छन्। धेरै जना को बिदेसिनु को कारण - बिबसता होला , कति को कारण स्वोदेश मा रोजगारी को अवसर नपाउनु होला । यहि बिदेस मा रहेका नेपालीहरुको रेमिटान्स ले देश को अर्थ क्षेत्र मा टेबा पुराएको कुरा मा दुइ मत नहोला । तर बिदेसी जिबनका कथा हरु लुकाएर राखिएका छन् , बाहिर आउन कोसिस गरेका छन् तर आउन सकेका छैनन ।
सानो आवाज यसै दबेको छ , ठुलो स्वोर को खाचो रहेको छ। खाडी मुलुक नेपाली का का सुख - दुख का समाचार ठुलो मिडिया मा आउनु जरुरि छ। यिनी हरु को आवाज बाहिर आउनु आजको आवसेकता हो ।
यसै गरि ठुलो मात्रा मा नेपाली युवा हरु अध्ययन को लागि यु के, अस्ट्रेलिया , संयुक्त राज्य अमेरिका मा बस्दै आई रहका छन्। विश्वविद्यालय हरु मा यिनै विद्यार्थी हरु को परिणाम र लगनसिलता ले नेपाल को नाम संसार सामु चिनाउन मदत गरेको छ। यिनै विद्यार्थी हरु का कथा बेथा भने फरक - फरक छ। धेरै ले आफ्नो दुख लाई एक ठाउँ मा लुकाएर आफ्ना आफन्त, साथी भाई लाई सुख का कुरा गर्दै आएका छन् ।
एक चोटी अब सोच्ने बेला आयो कि खाडी मुलुक देखि बिकसित भनिने मुलुक हरु मा बस्दै आएका हामी नेपाली ले बिदेशी भुमि र बिदेसी जिबन का बिभिन्न आरोह अबरोह हरु बाहिर ल्याउनु पर्छ , जस्ले गर्दा बिदेस आउन लागेका हरेक नेपाली हरु ले एक चोटी सोचनेछन् कि विदेश जानु आगाडी के कस्तो कुरा मा ख्याल गर्नु पर्छ।
तपाई को विदेश रहर हो कि बाध्यता पहिले पहिचान गर्दै , आउनु अगाडी मन मस्तिस्क लाई कुन - कुन कुरा मा तयार गर्नु पर्छ जानकारी लिनु बुद्दिमानी हुन्छ। बिदेसी भुमि सजिलो छैन तर एसको अर्थ यो पनि नलागोस कि विदेश मा अवसर हरु पर्याप्त छैनन भनेर ।
बिदेसी जिबन सजिलो छैन , तर पनि सरल बनाउन आफु ले गर्नु पर्ने प्रयत्न हरुमा हजुर को भबिस्य रहेको छ। उचित परामर्स ,सहि परामर्स केन्द्र को चयन , सहि मार्ग निर्देशन ले बिदेसी जिबन लाई हासी खुसि जिउन सिकाउछ । यसको लागि जहाँ जादै हुनु हुन्छ , जुन उद्देश्य को लागि जादै हुनु हुन्छ तेस्को बारेमा आफ्नो आत्म अनुसन्धान अगाडी बडाउनु बुद्धिमत्ता देखाउनु हो।