Breaking News :

असारमा पनि निक्षेपको ब्याजदर नबढ्ने, चार महिनादेखि स्थिर

असारमा पनि निक्षेपको ब्याजदर नबढ्ने, चार महिनादेखि स्थिर

असारमा पनि निक्षेपको ब्याजदर नबढ्ने, चार महिनादेखि स्थिर

वाणिज्य बैंकहरूले आगामी असारमा पनि ब्याजदर नबढाउने प्रारम्भिक सहमति गरेका छन्।

'ब्याज बढाएर पनि निक्षेपमा सुधार भइरहेको छैन,' नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्ययाले भने, 'केही साथीहरूसँगको छलफलमा असारमा पनि ब्याजदर नबढाउने भन्ने निश्कर्ष निस्किएको छ। सोमबार आधिकारीक धारणा आउनेछ।'

असारमा पनि ब्याजदर नबढेमा यसरी बैंकहरूको मुद्दती निक्षेपमा स्थिर ब्याजदर कायम भएको यो चौथो महिना हुनेछ। बैंकहरूले अहिले मुद्दतीमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर दिइरहेका छन्। रेमिटेन्स खातामा भने १२.०३ प्रतिशत ब्याजदर छ। 

राष्ट्र बैंकको नियमअनुसार वाणिज्य बैंकहरूले निक्षेपको ब्याज बढाउँदा अघिल्लो महिनामा सबै बैंकले मुद्दती निक्षेपमा दिएको अधिकतम ब्याजको औसतमा १० प्रतिशत बिन्दुले मात्र थप्न सक्ने व्यवस्था गरेको थियो। अर्थात्, अघिल्लो महिना सबैको मुद्दती निक्षेपमा दिएको ब्याजदरको औसत ११.०३ प्रतिशत थियो भने अर्को महिनाको लागि त्यसमा एक प्रतिशत थपेर १२.१३ प्रतिशत मात्र दिन पाउने व्यवस्था गरेको छ।

Breaking News Nepal

Breaking News Nepal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

छुटाउनुभयो कि?

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड