Breaking News :

वीरगंज–१० मा घरदैलो कार्यक्रम सम्पन्न

वीरगंज–१० मा घरदैलो कार्यक्रम सम्पन्न

स्थानीय तहको निर्वाचन नजिकीदै जाँदा जनता समाजवादी पार्टीले वीरगंज महानगरपालिकामा चुनावी प्रचार प्रसारलाई तिब्रता दिएको छ ।

वीरगंज - स्थानीय तहको निर्वाचन नजिकीदै जाँदा जनता समाजवादी पार्टीले वीरगंज महानगरपालिकामा चुनावी प्रचार प्रसारलाई तिब्रता दिएको छ ।जसपाबाट वीरगंज महानगरको मेयर पदको प्रत्यासी रहेका राजेशमान सिंहले विभिन्न वडामा कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिदै आज वीरगंज–१० मा घरदैलो कार्यक्रम गरेका छन् ।

उनीसंगै वडा नं. १० बाट वडाध्यक्षका प्रत्यासी सुशिल साहले पनि वडाको प्रत्येक टोल र घरघरमा भेटघाट गरेका थिए । गत स्थानीय निर्वाचनमा झिनो मतले पराजित साहले विगत ५ वर्षको कार्यकालमा जनताको दुख, सुखमा हाथोमालो गर्दै युवाहरुको जनाधार बोकेका सफले भएका साह नै जित्ने प्रवल सम्भावना कार्यक्रममा देखिएको जनलहरले देखिन्छ ।

यस्तै, पार्टीले औपचारिक रुपमा राजेशमान सिंहलाई जसपाबाट महानगरको मेयरको उम्मेदवार घोषणा गरेदेखी नै प्रत्येक वडामा जनलहर बढ्दै गएको छ । घरदैलो कार्यक्रममा नेता सिंहले आफूले महानगरको जमिनसंग जुटेको हरेक मुद्दालाई प्राथमिकतामा राख्दै महानगरको शिक्षा, स्वास्थ्य र युवाको रोजगारीका लागि विभिन्न अवसर सृजना गरि कार्य गरिने भन्दै वीरगंजको हरेक वडामा कार्यक्रम गर्दै जनतासंग भेटघाट कार्यलाई तिब्रता दिएका छन् ।नेता सिंहले आफू मेयरमा निर्वाचित भए बर्तमान मेयर विजय सरावगीले गरेको भ्रष्टाचारलाई भण्डाफोर गरि कानुनी कटघारामा उभ्याउने बताउँदै आएका छन् ।

Dipu Barnawal

Dipu Barnawal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

छुटाउनुभयो कि?

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड