Breaking News :

बहुअरीका मतदाताले कुर्मीलाई लगाए विजय तिलक

बहुअरीका मतदाताले कुर्मीलाई लगाए विजय तिलक

बहुअरीका मतदाताले कुर्मीलाई लगाए विजय तिलक

वीरगञ्ज -  पर्सा क्षेत्र नम्बर २ (ख) बाट पाँच दलीय सत्तागठबन्धनका प्रदेशसभा सदस्य उम्मेदवार रमेश प्रसाद कुर्मीलाई मतदाताहरुले विजयको टिका लगाएका छन् ।

मत माग्न क्रममा घरदैलो गर्दागर्दै वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ बहुअरीमा पुगेका उम्मेदवार कुर्मीलाई स्थानीय मतदाताहरुले विजय टिका लगाई दिएका हुन् । कुर्मीलाई मतदाताहरुले आफै स्वागत गर्दै यसपालि जित सुनिस्चित रहेको बताए ।

अरु दलका उम्मेदवार भन्दा गठबन्धनका कुर्मी जनता माझ रहँदै आएका भएकाले उनलाइ यसपाली आफुहरुले जिताउने बहुअरीका मतदाताहरुको भनाई थियो । मतदातासँग भेट्दै कुर्मीले जनताको पीर मर्का बुझने नेतालाई नै चुन्न आग्रह गरे ।

उनले विगत पाँच वर्षमा प्रदेशसभा सदस्यका रुपमा आफूले जनभावना अनुसार नै काम गरेको स्मरण गराउँदै यसपालि जनताले अवसर दिए जनताको चाहना र आवश्यकतालाई शीरोधार्य गरेर काम गर्ने वाचा पनि गरे ।

कुर्मीले विगत पाँच वर्षको कार्यकालमा आफुले गरेका कामहरु जनताका सामु सर्वविदीतै रहेको भन्दै फेरि अवसर पाएमा विगतको भन्दा पनि उत्कृष्ट काम गर्ने प्रतिबद्धता मतदाताहरु सामु जनाए ।

शनिबार बिहानको घरदैलो कार्यक्रममा नेपाली काँग्रेस र लोसपाका दुवै दलका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

Dipu Barnawal

Dipu Barnawal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

छुटाउनुभयो कि?

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड